देउवाविरूद्ध परेको रिटमा सुनुवाइ हुँदै
काठमाडाैं | माघ २५, २०७९
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ।
कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग गरिएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएकाले देउवा प्रमुख विपक्षी दलको नेता बन्न नसक्ने भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।
रिटमा संसद सचिवलाय,प्रतिनिधिसभा सभामुख,संवैधानिक परिषद र नेपाली कांग्रेस संसदीय दल सिंहदरबारलाई प्रतिवादी बनाइएको छ। नेमकिपाका नेता प्रेम सुवालले सरकारलाई समर्थन नगरेकाले प्रतिनिधिसभाको विपक्षी दलको नेता आफूलाई बनाउन माग गरेका छन्।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...

