तरकारीको भाउ घट्दा किसान चिन्तित

काठमाडाैं | माघ २९, २०७९

तरकारीको भाउ घट्दा किसान चिन्तित

बोदेबसाईन:  बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।  

 

सप्तरीको मुख्य बजारहरूमा गोभी दुई साता अघिसम्म ३० देखि ५० रुपियाँसम्ममा प्रतिकेजी बिक्री हुँदैआएको थियो । अहिले किसानको बारीमा तरकारी उत्पादन बढेपछि विक्री गर्नेबेलामा मूल्य घटेको किसानहरूको गुनासो छ । बजारमा गोभी र यो सिजनको मुख्य काउली, आलु, भन्टा, मूला लगायतका तरकारीको रेट घटेर प्रतिकेजी १० देखि १५ रुपियाँ भएको छ । विष्णुपुर –७ कट्टीका किसान रामनाथ महतोले सुरुमा तरकारी मूल्य बढी भए पनि अहिले सस्तो भएपछि किसानलाई लागत मूल्य पनि नआउने उहाँले बताउनुभयो । 

 

समयमा खेती लगाउन चाहेमा मल, बिउँ पाइँदैन, स्थानीय सरकारले धेरैथोर अनुदानमा दिए पनि लामो प्रक्रिया पूरा गर्दा समे लाग्नेगरेको किसानको गुनासो छ । अनुदानको मल, बिउँ लिन धेरै किसानलाई त्यसबारे जानकारी नहुने उहाँले बताउनुभयो । 

 

सप्तरीका प्रमुख बजारहरूमा उपभोग हुने ठूलो परिमाणको तरकारी कार्तिकदेखि पुससम्म बाहिरबाट आयात भइरहँदा तरकारीको बजारभाउ पनि गाडी भाडा खर्च समेत गरी महँगो थियो । तर किसानकै खेतबारीमा तरकारी तयार हुँदासम्म स्थानीय बजारमा त्यही तरकारी सस्तो मूल्यमा बेच्नुपरेको  किसानको भनाइ छ । 

 

धेरै मलखाद, किटनाशक हालेको आयातित तरकारीभन्दा स्थानीय किसानकै खेतबारीको गोभी, साग सस्तोमा पाउनेगरेको राजविराज – ८ का उपभोक्ता राजनारायण साहले बताउनुभयो । 

 

एकातिर तरकारी सस्तिँदा पाउ र किलोमा किन्ने काउली, मूला गाँजर अचेल ५० रुपियाँमा पाँच सात किलोको झोला भर्नेगरी तरकारी घर लान पाएको उपभोक्ताहरूको भनाइ छ । 

 

सप्तरी सदरमुकाम राजविराजमा वर्षैभर खपत हुने परिमाणको आधा बढी तरकारी छिमेकी मुलुक भारत र अर्को जिल्ला सुनसरी, सिराहा लगायताको ठाउँबाट आयत हुँदैआएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्