विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन हुने

काठमाडाैं | माघ २९, २०७९

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन हुने

काठमाडौं : सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ परिमार्जन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सावरीका क्रममा चिकित्सक घाइते भएपछि सरकार र चिकित्सकका प्रतिनिधिबीचको वार्ताबाट  सरकार ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’परिमार्जन गर्न सहमत भएको हो ।

 

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था,विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन हुने भएको हो ।

 

त्यसका लागि सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

 

यस्तै,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित )ऐन,२०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख  छ ।

 

सिंहदवारमा आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे,स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह सहभागी थिए । यस्तै,चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, महासचिव डा बद्री रिजाल, ट्रमासेन्टरका निर्देशक डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी थिए ।

 

राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक वरिष्ठ अर्थोपेडिक सर्जन डा.जुनीथलाल सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए । 

 

चिकित्सक आन्दोलनमा उत्रिएपछि  विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको हो।

 

भीआईपी आवतजावतमा सर्वसाधारण निकै मारमा पर्ने गरेका छन् । आवतजावत नै अवरुद्ध हुने गरी भीआइपी सवारी हुने गरेपछि त्यसको मारमा आमसर्वसाधारण पर्ने गरेका हुन्।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्