भर्खरैः पोखराको महेन्द्रपुलमा निजी गाडीले ३ पैदलयात्रीलाई ठक्कर दियो, २ घाइते
पाेखरा | माघ २९, २०७९
पोखराको महेन्द्रपुलमा भर्खरै एक निजी गाडीले सडक पार गरिरहेका ३ जनालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएका २ जनालाई उपचारार्थ नजिकैको अस्पताल लगिएको छ ।
अर्का एकको अवस्था भने सामान्य रहेको छ । सामान्य अवस्था रहेका पैदलयात्री वसन्त रसाइली हुन् ।
तीब्र गतिमा रहेको बा १३ च २६६२ नम्बरको पजेरोले पैदलयात्रीलाई ठक्कर दिएपछि पुलको बारमा गएर ठोक्किएको छ ।
पुलकाे बारमा ठोक्किँदा पजेरो नदीमा खस्नबाट बचेको छ । हाल चालकलाई नजिकै ड्युटीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालकको अवस्थाबारे केहीबेरमा जानकारी दिने प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

