समाजवाद कुन चरीको नाम हो: मुख्यमन्त्री शर्मा
काठमाडाैं | फागुन ५, २०७९
सुर्खेत: कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले समाजवाद कुन चरीको नाम हो भन्दै प्रश्न गरेका छन् ।
उनले त्यो समाजवादको चरीलाई समातेर अघि बढ्नुपर्ने अहिलेको आवाश्यक रहेको बताए । शुक्रबार सुर्खेतको बलबुलेमा आयोजित कर्णाली उत्सवमा बोल्दै शर्माले भने– ‘समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार आवाश्यक छ।’
समाजवादको व्याख्या गर्नेहरुको कमी नरहेको बताउँदै शर्माले अहिलेको अवस्थामा कस्तो खालको समाजवाद आवाश्यक हो ? समस्याको समाधान कसरी गर्ने भन्ने कुरा मुख्य रहेको बताए। ‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ’, शर्माले भने, ‘नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउन जरुरी छ ।’
कार्यान्वयन गर्न जनस्तरबाट सहयोग पुर्याउने कुरा महत्वपूर्ण रहेको शर्माको भनाइ छ ।
शर्माले कर्णाली बहसले समृद्ध कर्णाली निर्माणमा महत्वपूर्ण सहयोग अपेक्षा गर्दै उनले भने, ‘सबैले चाहेको समाजवाद भनेकै सुख र खुसी हो ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

