बागलुङमा स्वास्थ्यकर्मी अभावमा प्रसूति सेवा बन्द
बाग्लुङ | फागुन ५, २०७९
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो ।
भीमापोखराका गर्भवतीहरू गर्भ परीक्षण तथा प्रसूति सेवाका लागि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेव, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी छ जनाको दरबन्दी रहेको छ ।
तर हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीका भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीमापोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताउनुभयो ।
स्वास्थ्य चौकीमा सात महिनादेखि दुई अहेव र एक अनमीको दरबन्दी रिक्त छ । कोभिड सङ्कटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अहेव गाउँपालिकाले बोलाए पनि फिर्ता गरिएको छ ।
“साधारण स्वास्थ्य सेवा त म एक्लै गरिरहेको छु,” हेल्थ असिस्टेन्ट सापकोटाले भन्नुभयो, “बर्थिङ सेन्टरको काम अहिले पूर्ण रूपमा प्रभावित छ ।” काठेखोला गाउँपालिका–६ को बिहुँकोट स्वास्थ्य चौकीमा पनि एक जना अनमीका भरमा सञ्चालन हुँदै आएको छ । गाउँनजिकै स्वास्थ्य चौकी रहे पनि सामान्य बिरामी पनि उपचारका लागि सदरमुकाम बागलुङ बजार पुग्नुपर्नेे स्थानीयको गुनासो छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

