'पाँच वर्षमा लुम्बिनीका घरघरमा खानेपानीका धारा'

काठमाडाैं | फागुन ८, २०७९

'पाँच वर्षमा लुम्बिनीका घरघरमा खानेपानीका धारा'

अर्घाखाँची :लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले  प्रदेशका सबै घरधुरीमा खानेपानीका धारा निर्माण गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।

 

सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले पाँच वर्षभित्रमा  प्रदेशका सबै घरधुरीमा खानेपानीको विस्तार गर्ने गरि काम अगाडि बढाउने  बताए ।

 

सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।

 

आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर-घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ  जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिँदै अधुरा कामलाई पनि क्रमश अगाडि बढाउने मन्त्री आचार्यको भनाइ छ ।

 

जिल्लामा बढ्दो बसाइसराइ रोक्नका लागि शिक्षा र स्वास्थ्यमा गुणस्तरीय पहुँच पुराउने गरी काम अगाडि बढाउनुपर्ने बताए । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्