गण्डकी प्रदेशमा ‘युथ इन पोलिसी एन्ड गभरनेन्स’ फेलोसिप
पाेखरा | फागुन ८, २०७९
पोखरा: पोखरा रिसर्च सेन्टरले सञ्चालन गरेको गण्डकी प्रदेशमा युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) फेलोसिप कार्यक्रम अन्तर्गत क्याम्प २ भएको छ । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा रिसर्च सेन्टरले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत ४ दिने क्याम्प २ आइतबार सकिएको हो ।
२० देखि ३० वर्षका युवालाई कानुन तथा सार्वजनिक नीति निर्माणमा सहभागी गराउने उद्देश्यसँगै सञ्चालन गरिएको उक्त क्याम्प २ मा २६ युवायुवती सहभागी थिए । यसअघि रिसर्च सेन्टरले पुस ७ सम्मको मिति राखेर आवेदन दिन आग्रह गरेको थियो ।
आवेदकमध्येबाट पहिलो चरणमा ५० जना छनोट गरी गत माघमा पहिलो क्याम्प सञ्चालन भएको थियो । उक्त क्याम्पबाट २६ जनालाई छनोट गरी दोस्रो क्याम्पमा पठाइएको हो । अब रिसर्च सेन्टरले २६ जनाबाट १२ जनालाई अर्को राउन्डमा छनोट गर्नेछ । त्यसपश्चात् १२ जनालाई वाइपिजी फेलोको रुपमा गण्डकी प्रदेश सभाका सदस्यसँग ज्ञान सहायक भई ६ महिना काम गर्ने अवसर प्रदान गरिने रिसर्च सेन्टरका ‘एक्जुकेटिभ डाइरेक्टर’ सुजन रेग्मीले बताए ।
सामाजिक नीति नियम र सुशासनमा रुचि राख्ने २०-३० वर्षका गण्डकी प्रदेशमा बसोबास गरिरहेका २ सय ५० जना युवायुुवती यसका लागि आवेदन दिएका थिए । युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) अन्तर्गत रिसर्च सेन्टरले प्रदेश १, कर्णाली प्रदेशमा समेत कार्यक्रममा सञ्चालन गरिसकेको छ । गण्डकी प्रदेशमा यसअघि २ पटक यो कार्यक्रम सञ्चालन भइसकेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

