छँगेली नेवा खल पोखराको आयोजनामा भैरव नाच हुने

पाेखरा | फागुन १२, २०७९

छँगेली नेवा खल पोखराको आयोजनामा भैरव नाच हुने

पोखरा:    छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फुलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिबलाल मल्लले जानकारी दिए । 
 

नाच सम्पन्न गर्नका लागि  विभन्न ६ वटा उपसमिती बनाइएको छ ।  मुल समारोह व्यवस्थापन समितीको संयोजक शिबलाल मल्ल, सदस्यहरुमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ , बुद्धी मल्ल, रमेश मल्ल, सुर्य राजभण्डारी विश्णुश्याम मल्ल रहेका छन् ।


यस्तै पुजा व्यवस्थापन उपसमितीमा सुना मल्लको संयाजकत्वमा सदस्यहरु निर्मला मल्ल नारायणी श्रेष्ठ, लक्ष्मण मल्ल , अन्जु मल्ल, अर्मिला मल्ल, लक्ष्मी मल्ल, शान्ती कर्माचार्य, बिन्दु मल्ल, सरस्वती मल्ल रहेका छन् । प्रचारप्रसार उपसमितीमा सन्जय मल्ल संयोजक तथा जयराम कायस्थ, रामप्रताप मल्ल, मनिराज मल्ल सदस्य छन् ।


कार्यक्रम सफल बनाउन अर्थिक व्यवस्थापन उपसमितीमा प्रल्हादभक्त कायस्थ संयोजक, हेमन्त मल्ल, श्याम मल्ल, कृष्ण मल्ल सदस्य रहेका छन् । खाना व्यवस्थापन उपसमितीमा बालकृष्ण श्रेष्ठ संयोजक, मिलन श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, लक्ष्मण मल्ल सदस्य छन् । स्वयमसेवक व्यवस्थापन उपसमितीमा संयोजक मोहन मल्ल, सदस्यहरु रविन्द्र मल्ल, सुरेन्द्र मल्ल, सुर्यकुमार श्रेष्ठ, इश्वर कर्माचार्य, सन्जय श्रेष्ठ, सुमन कायस्थ रहेका छन् । 

तनहुँको साविक छांग गाविसबाट बसाइसराइ गरि पोखरा बसोबास गरेकाहरुले २०७२ सालमा ाछांगेली नेवाः खल पोखराको स्थापना गरेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्