अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः पोखरामा हस्तकलाका सामग्री प्रदर्शन, हेरौं पन्ध्र तस्वीरमा

पाेखरा | फागुन २४, २०७९

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः पोखरामा हस्तकलाका सामग्री प्रदर्शन, हेरौं पन्ध्र तस्वीरमा तस्वीरः सुनगाभाकर्मी बिबी रोका मगर

पोखरा:   महिला सीप विकास संस्थाले पोखरामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि हस्तकलाको सामग्री प्रदर्शन गरेको छ ।   


संस्थाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थामा क्रियासिल महिलाकर्मीहरुले उत्पादन तथा निर्माण गरेको हस्तकलाका सामग्रीहरु प्रदर्शन गरेको हो । 


स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोष्टाबाट निर्माण गरिएका फूल, गुडियो, कार्पेट, झोला, टोपी लगायतका सामग्री प्रदर्शन गरेको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन । 


‘महिला सीप विकास संस्था पोखरा, अन्तरराष्ट्रिय  नारी दिवसको अवसरमा नै स्थापना भएको हो, गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा हस्तकाल प्रदर्शनीसँगै औपचारिक कार्यक्रममा आयोजना गरेका हौं ।’


संस्थाले महिला दिदीबहिनी, गरिब, पिछडिएका, अपाङ्ग, एकल,द्धन्द्ध पीडित, उत्पीडित भएका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ । तालिम प्रदानपछि महिलाहरुलाई स्वरोजगार प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ । 


संस्थाले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु अमेरिका,जर्मन, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया जापान लगायतका देशहरुमा निर्यात गर्दै आएको छ । 


महिला सीप विकास संस्था पोखराले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुः

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्