अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः पोखरामा हस्तकलाका सामग्री प्रदर्शन, हेरौं पन्ध्र तस्वीरमा
पाेखरा | फागुन २४, २०७९
तस्वीरः सुनगाभाकर्मी बिबी रोका मगर
पोखरा: महिला सीप विकास संस्थाले पोखरामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि हस्तकलाको सामग्री प्रदर्शन गरेको छ ।
संस्थाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थामा क्रियासिल महिलाकर्मीहरुले उत्पादन तथा निर्माण गरेको हस्तकलाका सामग्रीहरु प्रदर्शन गरेको हो ।
स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोष्टाबाट निर्माण गरिएका फूल, गुडियो, कार्पेट, झोला, टोपी लगायतका सामग्री प्रदर्शन गरेको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन ।
‘महिला सीप विकास संस्था पोखरा, अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नै स्थापना भएको हो, गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा हस्तकाल प्रदर्शनीसँगै औपचारिक कार्यक्रममा आयोजना गरेका हौं ।’
संस्थाले महिला दिदीबहिनी, गरिब, पिछडिएका, अपाङ्ग, एकल,द्धन्द्ध पीडित, उत्पीडित भएका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ । तालिम प्रदानपछि महिलाहरुलाई स्वरोजगार प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ ।
संस्थाले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु अमेरिका,जर्मन, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया जापान लगायतका देशहरुमा निर्यात गर्दै आएको छ ।
महिला सीप विकास संस्था पोखराले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुः
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

