एलजी एकतालाई सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि
पाेखरा | फागुन २८, २०७९
पोखरा: पोखरामा सम्पन्न भएको शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधि एल.जी. एकताले जितेको छ । अम्मरसिंह चौरको खेल मैदानमा भएकोे फाइनल खेलमा एल.जी.ले रत्न सेवा समाजको समुहलाई सडेन डेथमा पराजित गर्दै उपाधि सहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता भएको समाजले भने ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । निर्धारित समय २५/२५ मिनेट र थपिएको ५/५ मिनेटमा समेत गोल हुन नसके पछि टाईब्रेकरमा दुबै तर्फ ३/३ गोल भए पनि टाईब्रेकरको सडेन डेथमा ७-६ मा एलजीले रत्न सेवा समाजलाई पराजित गर्दै उपाधि जितेको हो । सडेन डेथमा समाजका गोलरक्षक विश्वास पौडेलले प्रहार गरेको पेनाल्टी सुट क्रसबारमा लागेर फर्कीएको थियो । एलजीका गोलरक्षक कृष्ण गुरूङले सडेन डेथमा गोल गरे ।
एलजीका प्रिन्स तुलाचन, प्रशान्त गुरुङ र राहुल थापाले टाईब्रेरमा गोल गरे भने समाजका विनय तामाङ, सीमोन तामाङ र राकेश गुरुङले समेत टाईब्रेकरमा गोल गरेका थिए । त्यसै गरी टाईब्रेकरको सडेन डेथमा एलजीका विवेक गुरुङ, जीवन गुरुङ, दीवस परियारले गोल गरे भने समाजका आइत तामाङ, जोन तामाङ र नकुल तामाङले पेनाल्टी सुटमा गोल गरे । निकै आक्रमक शैलिमा उत्र्रिएका दुबै टोलीले खेलमा गोल गर्न नसक्दा जित निकाल्न टाईब्रेकर हुदै सडेन डेथमै पुग्नु पर्यो ।
त्यसैगरी प्रतियोगितामा ई-लाइट फुटवल क्लव अनुशासित टीम घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद ८ हजार पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी राईलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा समाजका नकुल तामाङ, सर्वाधिक गोलकर्ताको उपाधि ६ गोल गरेका तारा एफ।सी।का मनिस थापा मगर घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए । विभिन्न विधामा उत्कृष्ट भएका उनीहरुलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा २९ टिमको सहभागिता रहेको शितल ज्योति क्लवका सचिव पुर्ण गुरुङले बताए ।
विजयी खेलाडीहरुलाई नेपाल सेभेन ए साईड फुटवल महासंघका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लवका अध्यक्ष नर प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्लवले उक्त अवसरमा कलाकार बुद्वि प्रसाद गुरूङ (गौरी) लाई सांस्कृतीक क्षेत्रमा पुराउनु भएको योगदानको मुल्यांकन गर्दै सम्मान गरेको छ । त्यसै गरी खेलकुदको क्षेत्रमा सहयोग पुर्याएको भन्दै क्लवले पूर्व खेलाडी एवं प्रशिक्षक हरि खड्कालाई समेत सम्मान गरेकोे छ । प्रतियोगिता यही फागुन २० गतेदेखी सञ्चालन भएको पूर्व अध्यक्ष सुरज गुरुङले जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

