सुहानालाई गण्डकी डान्सको उपाधि
पाेखरा | फागुन २८, २०७९
पोखरा: नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकी छन् । उपाधि सगैँ उनले नगद ५० हजार रुपैँयाको साथमा एक थान मोबाइल र बिभिन्न गिफ्ट प्राप्त गरिन ।
शुक्रबार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन।
उनी हाल पोखरा २ मा रहेको लाभिन रेसिडेन्सियल स्कुलमा कक्षा ३ मा अध्ययनरत रहेकी छिन् ।
उक्त प्रतियोगिताको फ्ष्ट रनर अफमा युना पुन,सेकेन्ड रनर अफमा अप्सरा क्षेत्री, तेस्रोमा दिब्या गुरुङ,चौथो रनर अफमा आयुसा पोख्ररेल ,भिवर च्वाईसमा सुजाता थापामगर, बेष्ट प्रर्फमरको उपाधि सिमा बिकले हात पार्न सफल भइन ।
जस अन्तरर्गत फष्ट र सेकेन्ड रनरअफले एक थान मोबाइल सेटको साथमा नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
१० ओटा चरणमा पार गरि डान्सको फाइनल कार्यक्रम भएको हो।
ग्रान्ड फिनाले प्रतियोगिताको जर्जको रुपमा नृत्य निर्देशक एब्म कोरियोग्राफर महेश गोदार,धमेन्द्र पौडेल, रोशनी छिनाल रहेका थिए ।
यस अघिका चरणहरुमा जर्जको रुपमा नायक तथा नृत्य निर्देशक बिजय तामाङ,नृत्य निर्देशन मनिष सिङ,सृजना आले,रक्षा कुँवर , जिफानका पुर्ब अध्यक्ष एब्म गुरुङ चलचित्रकि नायिका जसु गुरुङ र कोरियोग्रफर कमल गुरुङ रहेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका नृत्य प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनु आवश्यक रहेको जनाए ।
कार्यक्रमको मुख्य प्रयोजकको रुपमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक कमलराज खनाल,ब्यवस्थापक रोहन गुरुङले गरेका थिए ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

