हेलीकप्टरबाट सुत्केरीको उद्धार
नुवाकोट | चैत १, २०७९
नुवाकोट: गोसाईकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।
थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसुतीगृह अस्पताल पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरले उद्धार गरी थापाथली प्रसुतीगृह अस्पताल लगिएको गोसाईकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५–७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएकोअस्पतालमा लगी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका जनप्रतिनिधिहरु, जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताउनुभयो । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारका लागि कार्यविधि २०७५ कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

