राप्रपा उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने
काठमाडाैं | चैत १, २०७९
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिनुभयो।
यसैगरी, राप्रपा बैठकले किसानले रासायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी एवम् अनुचित भएको औंल्याएको छ। यो निर्णय तत्काल फिर्ता लिइ सुलभ ढंगले समयमै मलको आपूर्ति व्यवस्थापन एवम् दीर्घकालीन समस्याको समाधान गर्न रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ।
राप्रपाले बैंकमा ब्याज बढ्न थालेकाले यसको साना उद्योगी, व्यवसायी र किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकरात्मक असर परेको जनाएको छ। यस विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग पनि गरेको छ।
राप्रपाले पार्टीको सिद्धान्त राजसंस्था भएकोले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि मतदानमा सहभागी भएको थिएन।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

