जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

पाेखरा | चैत ३, २०७९

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

पोखरा:  जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । 


धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराए । उनका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन राउण्डमा सहभागीले आफुले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउण्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने उनले बताए ।


अडिसनमा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । पहिलो अडिसन पछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्तवना बापत १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सबै राउण्ड बाटुलेचौर स्थित जीत पार्टी प्यालेसमा हुने उनले बताए ।


आफ्नो बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पुर्याउने उद्देश्य स्वरुप पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उनले गराए । कार्यक्रममा लोकदोहोरी गायक चोलेन्द्र पौडेलले धर्मराज थापाले लोकसंगीतमा देखाएको बाटोलाई आफुले अनुसरण गर्दै आएको उल्लेख गरे । धर्मराज थापाका सिर्जनालाई प्रस्तुत गरी नयाँ कलाकारहरुलाई स्थापित हुन समेत प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उनको छ ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले लोकगीत प्रतियोगितालाई सफल पार्न प्रतिष्ठानबाट सक्दो सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठान पनि पुराना सर्जकका सिर्जनालाई संरक्षण गर्न लागिपरेको र यस्ता कार्यक्रमले संस्थालाई समेत सहयोग मिल्नेमा उनी आशावादी देखिन्छन् । कलाकारितामा निखारता ल्याउन प्रतियोगिताले सहयोग मिल्ने हुँदा इच्छुक प्रतियोगीहरुलाई सहभागी हुन उनको आग्रह छ ।
प्रा.कुञ्जराज थापाले स्वागत गरेको कार्यक्रममा कर्णप्रिय संगीतालयका निर्देशक संगीतकार करण तामाङले समेत बोलेका थिए । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्