प्रधानमन्त्री प्रचण्ड भन्छन्– राजनीतिले अब लय पक्रेकाे छ

गोरखा | चैत ७, २०७९

प्रधानमन्त्री प्रचण्ड भन्छन्–  राजनीतिले अब लय पक्रेकाे छ

गोरखा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्ती कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो ।

 

‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मत सहित अब हामी सरकारलाई पूर्णता दिने पक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर सम्वाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत पाएँ सरकार पुर्नगठनबारे दलहरुसँग छलफल समेत सुरु भएको उहाँले बताउनुभयो ।

 

संघ सरकारदेखि प्रदेश सरकार पुर्नगठन र आलोपालोका विषयमा दलहरुसँग छलफल सुरु भएको उहाँको भनाइ छ । अब निर्वाचन पूर्व जनतामा गरिएका प्रतिवद्धताअनुसार काम हुने उहाँले बताउनुभयो । सत्ता साझेदार सबै दल र साझेदार निकायबीच छिट्टै छलफल गरि विकासको मोडालिटी तय गरेर काम अगाडि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।

 

सडक विकासको पहिलो आधारशिला भएको भन्दै उहाँले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नती गर्ने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो ।

 

‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’ 

 

यसैगरी, पूर्व उपप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त सडकले यो क्षेत्रको विकासमा सम्भावना खोल्ने बताउनुभयो । गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

‘मेरो लागि सबैभन्दा खुसीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतीको कार्य सुरु गरेको थिएँ,’ उहाँले भन्नुभयो,‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’

 

यही क्षेत्रका जनप्रतिनिधि समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डद्वारा सडक शिलान्यास गराउनु पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा २०.३ किलोमिटर सडक कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक सुशिल ढकालले जानकारी दिनुभयो ।

 

त्यसको लागि ८१ करोड ६१ लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहलटारसम्म सकड कालोपत्रे हुने बताइएको छ । 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्