मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने

जनकपुरधाम | चैत ८, २०७९

मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने फाइल तस्बिर

ढल्केवर:  रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।

 

मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत जर्मनको बेल्ट हङ्गर हाइल्फ नामक संस्थाले मधेशका एक हजार दुई सय ७० वटा वडामा जैविक प्रविधिबाट अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्न लागेको हो । 

 

मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग सञ्चालनका लागि जर्मनको हाइल्स संस्थाले प्रस्ताव गरेको बताउनुभयो । प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन र भर्मी उद्योग सञ्चालन गर्न चाहने किसान आफैले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि, र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउने छ । 

 

उद्योग सञ्चालनमा आएपछि रासायनिक मलमाथिको निर्भरता कम हुने र अर्गानिक मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने मन्त्री कुशवाहाको भनाइ छ । उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उहाँले बताउनुभयो । 

ढोरपाटन:  अर्धनग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए। ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू। माथिदेखि दौ...

थप पढ्नुहोस्

काठमाडौं:  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...

थप पढ्नुहोस्