पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पेट्रोल्युब सप्लायर्सलाई साढे ८ लाख जरिवाना

स्याङ्जा | चैत ८, २०७९

पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पेट्रोल्युब सप्लायर्सलाई साढे ८ लाख जरिवाना

स्याङ्जा:  पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पुतलीबजार ३ मजुवाको नेपाल आयल नेपाल पेट्रोल्युब सप्लायर्स प्रालिलाई जरिवाना गरिएको छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई जरिवाना र पेट्रोल नष्ट गरिएको हो । 

 

मिसावट गरी पेट्रोल विक्री वितरण गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार जरिवाना गरिएको हो । 

 

यस्तै, मिसावट गरी बेच्नका लागि उक्त समयमा तयार एक हजार ९१८ लिटर पेट्रोललाई डोजरको माध्यमबाट खाल्टो खनी नष्ट गरिएको हो । 

 

यस्तै, अपराध पीडित राहत कोषमा सञ्चालक चार जनाबाट जनही सात हजार दुई सय र कर्मचारी क्षेत्रीबाट चार हजार गरी ३२ हजार आठ सय जरिवाना गरिएको हो । 

 

ल्याब परीक्षणबाट पेट्रोल पम्पमा मिसावट गरी कमसल पेट्रोललाई असल र राम्रो पेट्रोल हो भनी झुक्याई बिक्री वितरण गरेकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ अनुसार नगद जरिवाना र पेट्रोल नष्ट गरिएको हो । 

 

पेट्रोल्युब सप्लायर्सबाट पेट्रोल भरी चलाइएका सवारी साधनहरुमा अचानक स्टार्ट नहुने समस्या देखापरेपछि जिल्ला प्रशासन कार्यालयले गत पुस २७ गते पेट्रोल्युब सप्लायर्स सिल गरेको थियो ।

 

पेट्रोल पम्प सिल गरेपछि पुस २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । 

 

ल्याब परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासनले बेचबिखन गर्ने कार्यमा संलग्नलाई कानुन बमोजिमको कारवाही गरिएको प्रमुख जिल्ला अधिकारकी शशिधर घिमिरेले बताउनुभयो । 

 

नेपाल आयल निगमबाट पेट्रोल भण्डारण र बिक्री वितरण गर्न पम्प उपयुक्त भएको प्रमाणित भएपछि एक दुई दिनमा पम्प खुल्ने घिमिरेले बताउनुभयो । 

 

पेट्रोल पम्पको प्रारम्भिक परीक्षणबाट डिजलको अवस्था समान्य देखिएपछि डिजेल भने सोही समय बिक्री गर्न दिएको थियो ।  

 

पेट्रोल्युब सप्लायर्सले पेट्रोलमा नियतवश नभई झुक्किएर डिजेल मिसिएको स्वीकार गरेको छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्