काठमाडौंबाट सालकको खपेटासहित एक महिला पक्राउ

काठमाडाैं | चैत ८, २०७९

काठमाडौंबाट सालकको खपेटासहित एक महिला पक्राउ

काठमाडौं : नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

 

प्रहरी प्रभाग गोंगबु काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ। 

 

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा श्रेष्ठले सञ्चालन गरेको एसएस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा तथा रु २० हजारसहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ। 

 

पक्राउ परेकी श्रेष्ठका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्