फेवा महोत्सवको तयारी तीव्र

पाेखरा | चैत १०, २०७९

फेवा महोत्सवको तयारी तीव्र

पोखरा:  नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।


चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।


अहिले होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ देखि २० प्रतिशत मात्र रहेको बताउँदै उहाँले सञ्चालन खर्च धान्न पनि मुस्किल परेको बताउनुभयो । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उहाँको भनाइ छ ।


होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताउनुभयो । यती जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उहाँले पर्यटकको याममा पनि होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद् भएको बताउनुभयो ।


सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले महोत्सवमा नयाँपन दिनसके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनियाँ संस्कृतिसम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो ।


सल्लाहकारहरू गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतले कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्