त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले अब उडानसम्बन्धी यथार्थ जानकारी पाउने
काठमाडाैं | चैत १७, २०७९
काठमाडौं : विमानस्थलमा यात्रुलाई यथार्थ सूचना दिन र उडानमा ढिलाई नगर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ।
विमानस्थलमा यात्रुले उडानबारे यथार्थ सूचना नदिने र विभिन्न कारणमा उडानमा ढिलाई हुने गरेको भन्दै कार्यालयले उक्त निर्देशन दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनपछि कार्यालयले विमानस्थल सुधारको काम थालेको हो।
कोभिड पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्स को प्रबन्ध पुनः सुरु गर्न पनि वायुसेवा सञ्चालकलाई अनुरोध गरिएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यसैगरी विमानस्थलबाटै ब्यागेज तोडफोड, चोरीका गुनासो आउन नदिन सुपरभाइजरको कार्य प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुशन गोप्रो क्यामेराको व्यवस्था गर्ने निर्णय गरेको छ।
यसैगरी खल्ती रहित पोशाकको व्यवस्था लागु गरी थप प्रभावकारी र गुनासो रहित सेवाका लागि निगमले प्रबन्ध मिलाउने निर्णय भएको कार्यालयले जनाएको छ। आगमन क्षेत्रमा ट्राभलेटरमा यात्रु जान मिल्ने तर ट्रली साथमा भएमा लिफ्टबाट मात्र लैजाने गरी व्यवस्था मिलाइएको छ।
विमानस्थल आगमनबाट बाहिर निस्कने स्थानमा आइएम्एस् प्रालिले थप्नु पर्ने लिफ्टको कार्यका सन्दर्भमा सिभिल निर्माण कार्य सुरु भइसकेको र १२ ट्रली अट्ने मोडलको लिफ्ट खरिदका लागि एलसी खोली सकेकाले ३ महिना भित्र विदेशबाट उपकरण डेलिभरी भई जडान कार्य समेत सम्पन्न हुने छ।
यसका साथै पार्किङ गर्न नपर्ने तथा आफन्त पिकअपका लागि मात्र आउने यात्रुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाउन विमानस्थल कार्यलयबाट सञ्चालकलाई निर्देशन दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

