'मेरो भ्वाइस युनिभर्स' को निर्णायकमा भित्रिए दीप श्रेष्ठ
काठमाडाैं | चैत १९, २०७९
काठमाडौं: इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' को निर्णायकमा गायक दीप श्रेष्ठ भित्रिएका छन्।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीले निर्णायकमा दीप श्रेष्ठ भित्रिएको जानकारी दिए।
यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, सुरेश अधिकारी, अन्जु पन्त र सुजता बर्मा निर्णायकको रूपमा छन्। यस्तै कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले होस्ट गर्नेछन्।
उक्त कार्यक्रममा निर्णायक र होस्टसँग कागजी सम्झौता समेत गरिएको थियो।
इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन गरिरहेको छ।
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रसारण हुनेछ। यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन्।
आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
‘डान्स युनिभर्स’ को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले १० लाख रूपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

