शुभम सहकारीको शिविरमा १९६ को स्वास्थ्य परिक्षण
पाेखरा | चैत १९, २०७९

पोखरा: शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा पोखरा महानगरपालिका वडा नं. २८ स्याङखुदीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा १९६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
६६ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित शिविरमा युनाइटेड रेफरेन्स ल्यावोरेटरी प्रालि(युआरएल) ,त्रिनेत्र आँखा उपचार केन्द्र र लेकसिटी दन्त क्लिनिकको प्राविधिक टोलीले विरामीको लागि स्वास्थ्य परामर्श, रक्त, आँखा, दाँत र मुख परिक्षण गरिएको थियो ।
शिविरमा स्वास्थ्य परिक्षण गरिएका मध्ये ५० जना विरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको सहकारी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
सिफारिस गरिएका विरामीलाई सामान्य शल्यकृया गर्नुपर्नेका लागि सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने बताउदै परिक्षण गरिएको कार्डको आधारमा रक्त परिक्षणमा ५० प्रतिशत खर्च सहकारीले व्यहोर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक सितादेवी बरालका अनुसार वेगनासतालको जलाधार क्षेत्र स्याङखुदीमा आयोजित शिविरमा पोखरा २८ र ३१ का स्थानीयवासिन्दाले सुविधा लिएका थिए । शिविरमा ६२ हजार मुल्य बरावरको औषधि निशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले शिविरको उद्घाटन गर्दै सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव स्वास्थ्यतर्पm पु¥याएको योगदानको उच्च कदर गर्दै सहकारी उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
सहकारी अभियान्ता तेजनारायण अधिकारीले ऐन, नियम, कार्यविधिको भावना र र्ममलाई आत्मसाथ गरेर अघि बढ्ने सहकारी सफल हुने विश्वास व्यक्त गर्दै दिगोपनका लागि शेयर सदस्य सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, संस्थाका उपाध्यक्ष सूर्यप्रसाद पौडेल, स्थानीय समाजसेवी भोजराज भुर्तेल, व्यवस्थापक कमलप्रसाद कोइराला, सल्लाहकार चुडामणी बराल लगायतले स्वास्थ्य शिविरको महत्व माथि चर्चा गदै सहकारीको दिगोपनका लागि संचालक, व्यवस्थापक शेयर सदस्य सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...
काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...