भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं | चैत २४, २०७९

भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं:    भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।


भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको पनि बीबीसीको खबरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थपिएको सङ्ख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार तीन सय तीन जना पुगेको छ ।


यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा गएको जनवरीमा पहिलो पटक यो भेरिएन्ट देखिएको हो ।

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्