केन्द्र सरकारले हाम्रो पीडालाई बेवास्ता गर्यो: लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङ
पाेखरा | चैत २४, २०७९
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् ।
‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र सरकारको प्रणालीले गर्दा जिल्ला लगायत गाउँपालिकाको विकासको काम सम्पन्न गर्न ढिलाई भइरहेको गुनासो गरे ।
नेपाल तथा चीनको नाका कोरलामा लामो समयदेखि दुवै देशका नागरिकलाई मध्यनजर गर्दै मेला हुने भए पनि कोरोना महामारी पछि हुन नसकेको उनले बताए । ‘हरेक २ वर्षमा आयोजना हुने मेलालाई विषेश प्राथमिकता दिएर सञ्चालनका लागि पहल गर्न केन्द्र सरकारले समन्वय गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकामा हाल नियम, कानुन र ऐन बनाउने प्रक्रिया जारी रहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकाका आम नागरिकसँग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताए ।
‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसलको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘कृषकलाई कृषि सम्बन्धी तालिम दिइरहेका छौं ।’ गाउँपालिकामा ५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिएका छन् । आफूहरु आम नागरिकले अनुभुति गर्ने खालको विकास तथा समृद्धिका लागि प्रतिबद्ध रहेको उनले बताए ।
फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले लोमान्थाङ गाउँपालिकाका हरेक स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हिसाबमा उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको भौतिक विकासका लागि पत्रकारले समेत भूमिका खेल्नुपर्ने बताए । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस र महासचिव धनबहादुर गुरुङले लोमन्थाङको समृद्धि र समस्या समाधानका लागि फोनिज कलम चलाउन र आवाज उठाउन तयार रहेको बताए ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

