ब्याजदरको समस्या सम्बोधन हुन्छ-अर्थमन्त्री महत

काठमाडाैं | चैत २८, २०७९

ब्याजदरको समस्या सम्बोधन हुन्छ-अर्थमन्त्री महत

काठमाडौं:  अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा अर्थमन्त्री महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताएका हुन्।

 

साधरण सभामा बोल्दै उनले ऋणको पुनर्तालिकीकरण गर्न थालिएको संकेत गरे।

 

अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए।

 

अर्थक्षेत्रमा दबाब रहेकोले यसलाई ध्यानमा राखेको उनको भनाइ छ। 

 

'अर्थतन्त्रका सूचकहरू नकारात्मक मात्रै छैन, सञ्चिती राम्रो छ' उनले भने '४ प्रतिशत माथिको आर्थिक वृद्धि यो परिस्थितिमा सन्तोषजनक हो।' 

 

अर्थमन्त्री महतले लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताए।

 

सरकारमा पनि निजी क्षेत्रमा पनि समस्या रहेकाले लगानीको वातवरण सहज बनाउन अल्पकालिन र मध्यमकालिन योजनाका साथ काम गरिने अर्थमन्त्री महतको भनाइ छ।

पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्