नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच
काठमाडाैं | चैत २८, २०७९

नेपालगञ्ज: नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।
बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो ।
तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ ।
अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकमा पुरुष कैदीबन्दी मात्रैलाई राखिएकोमा ब्लक ए मा छ सय १७ जना र ब्लक बि मा दुई सय ३२ कैदीबन्दी राखिएको छ ।
मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरीले नेपालगञ्जको गर्मीमा कैदीबन्दीलाई कोचाकोच बस्न बाध्य पारिनु उनीहरूको आधारभूत मानव अधिकार विरुद्धको कार्य भएको बताउनुभयो ।
अधिकारकर्मीले कारागारका जेलर अर्जुनजंग शाह र कैदीबन्दीका नाइके, चौकीदार तथा कैदीबन्दीसग कारागार व्यवस्थापन र कैदीबन्दीको अवस्थाका बारेमा छलफल गरेका थिए ।
अधिकारकर्मीसमक्ष कैदीबन्दीले क्षमताभन्दा धेरै बढी बस्नुपर्दा कोचाकोचको स्थितिमा कष्टकर दैनिकी व्यतीत गर्नुपरेको, सोही कारणले कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको र बिजुलीको कम भोल्टेजको समस्या हुनेलगायतका गुनासो गरेको मानवअधिकार एलाइन्सका ठकुरीले बताउनुभयो ।
एकातिर सो कारागारमा ठाउँ अभावले कोचाकोचको समस्या छ भने अर्कोतिर तीन हजार कैदीबन्दी राख्ने क्षमतासहितको सुविधासम्पन्न क्षेत्रीय कारागार बाँकेको नौबस्तामा ९ बिगाहाको क्षेत्रफलमा निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।
कारागारका जेलर अर्जुनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकी दिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा तीन हजार क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले सो क्षेत्रीय कारागार सञ्चालनमा आएपछि ठाउँ अभावको समस्या आफै समाधान हुने पनि बताउनुभयो ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...