भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे

पाेखरा | चैत २८, २०७९

भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे

पोखरा:    भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे सर्वसम्मत चयन भएका छन् । 


भरत पोखरी बिश्वकर्मा समाज पोखरा महानगरपालिका ३३ को तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले डिलबहादुरको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । 

 

.

समाजको उपाध्यक्षमा  शिव प्रतेल,सचिवमा गणेश प्रतेल र कोषाध्यक्षमा प्रेम लामगादे चयन भएका हुन् । 


समाजको सदस्यहरुमा शेर बहादुर घताने ,राम बहादुर घताने, शान्ति घताने ,सरस्वती घिमिरे ,प्रतिमा घिमिरे,काजीमान लामगादे र रम बहादुर लामगादे चयन भएका हुन् ।

 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र आचार्यले वडाले समाजको लागि सक्दो सहयोग गर्ने बताए । ‘समाजले वडाको विकास र यस समुदायको विकासका लागि वडाले सहयोग गनै सधै तयार छ, उनले भने, ‘समाजको विकासका लागि सहकार्य गर्न वडा सधै तयार नै छ ।’


चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले सीप मुलक तालिम प्रदान गर्ने प्रतिवद्धता जनाए । ‘विभिन्न सीप मूलक तालिम अहिलेको आवश्यकता हो, सीप मुलक तालिमले व्यक्तिको मात्र नभएर समाज परिवर्तनका लागि सीप मुलक तालिम आवश्यकता हो, उनले भने, ‘समाज र समुदायको लागि सीप मुलक तालिम सञ्चालन गर्न प्रतिवद्ध छु ।’


भरत पोखरी बिश्वकर्मा समाजको  भवनमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन दिल बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्