टाईगर ग्रुपले पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने

पाेखरा | चैत ३०, २०७९

टाईगर ग्रुपले पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने

पोखरा:     आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई टाईगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ । टाईगर ग्रुपले अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।


सम्झौता पत्रमा बुधबार टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले हस्ताक्षर गरें । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी पैतीस हजार रुपैयाँ रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्षद्धय केशव पाठक र एकराज गिरी, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल लगायतको उपस्थिती रहेको थियो ।


टाईगर ग्रुप अफ पोखरा नेपालले नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने उद्धेश्यले टाईगर कप भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । टाईगर ग्रुपले यसअगाडि समेत स्पोर्ट्स अवार्डमा सहयोग गरेको थियो ।


सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।


अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ । सबैको साथ सहयोग प्राप्त हुने क्रम भइरहेकोले यसपालीको अवार्ड कार्यक्रम भव्य बन्ने मञ्चले विश्वास गरेको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्