म्हाँजु क्ह्रोंगि लामा भाइ खलकको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पाेखरा | बैशाख १, २०८०

म्हाँजु क्ह्रोंगि लामा भाइ खलकको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा:    म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा अमेरिकाको टस्कगी विश्वविद्यालयका प्राध्यापक, पशु विज्ञान बैज्ञानिक विशेषज्ञ, गण्डकी विश्व विद्यालयका सल्लाहकार तथा म्हाँझु भञ्ज्याङ् गेटको परिकल्पनाकार समेत रहेका डा। नरकाजी गुरुङलाई सम्मान समेत गरिएको छ । सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । 


सम्मानित हुँदै प्रोफेसर डा. गुरुङले आफ्नो गाउँको विकासका लागि सबै एक हुन आवश्यक रहेको बताए । 


यस्तै म्हाँजु  क्र्होगी लामा परिवारका अध्यक्ष क्षेत्रबहादुर गुरुङले गाउँ विकासका लागि आफुहरु एक भएर लाग्ने बताए । 


कार्यक्रममा द्रोपती गुरुङ, राष्ट्रिय फुटबल प्रशिक्षक क्याप्टेन दिलकाजी गुरुङ, समाजसेवी धन बहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले गाउँको विकाससँगै सांस्कृतिक पहिचान दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रम संचालन सूर्यमान गुरुङले गरेका थिए ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्