बानियाँ समुदायबाट राष्ट्रसेवामा कार्यरत उच्च पदस्त व्यक्तिहरु सम्मानित
पाेखरा | बैशाख १, २०८०
पोखरा: बानियाँ बन्धु समाज जिल्ला कार्य समिति कास्कीले बानियाँ समुदायबाट प्रतिनिधीत्व गर्ने राष्ट्रसेवामा कार्यरत उच्च पदस्त व्यक्तिहरुलाई सम्मान गरेको छ ।
नयाँवर्षको अवसरमा आयोजित भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच बानियाँ बन्धु समाज कास्कीले पश्चिम पृतना हेड क्वार्टर बिजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँ, सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँ, सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ र २६ वर्षदेखी फलफुल ब्यवशायमा लागेका ब्यवशायी अमर बानियाँलाई सम्मान गरेको हो ।
सो अवसरमा बोेल्दै पश्चिम पृतना हेड क्वार्टर विजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँले छरिएर रहेका बानियाँ समुदायलाई एकीकृत गर्न बानियाँ बन्धु समाजले खेलेको भुमिकाको प्रशंसा गरे । बानियाँहरु नेपालभर छरिएर रहेको र बानियाँ बन्धु समाजकै कारण आज एक ठांउमा हुन पाएको र यसरीनै आफ्नो समुदायको उत्थानको लागी सम्पूर्ण बानियाँ बन्धुहरु आ आफ्नो ठांउबाट लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।
सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँले बानियाँ बन्धु समाजले आफुहरुलाई सम्मान गरी आफ्नो काम कर्तब्यमा अझ अगाडी वढ्न हौसला मिलेको वताए । त्यस्तै सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँले आफु पूर्व नेपालको भएतापनि काम कर्तब्यको शिलशिलामा पोखरामा आज भन्दा २५ वर्ष अगाडि कार्यरत रहंदा पोखरामा बानियाँ बन्धुहरु रहेको स्मरण गर्दै पुन २५ वर्षपछि पोखरामानै आइपुग्दा आफ्नो समुदायबाट सम्मानित हुंदा आफ्नै दाजुभाइ संग प्रत्यक्ष भेट भएको महशुस गरे । आगामी दिनमा नेपाल भर रहेका बानियाँ बन्धुहरुलाई एक आपसमा सहयोग र सदभाव कायम गर्दै अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरे ।
त्यस्तै युवा व्यवसायी अमर बानियाँले बानियाँ समुदायलाई माथि उठाउनका लागी सम्पूर्ण बानियाँ बन्धुहरु एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको वताउदै हरेक बानियाँहरुले आफ्नो समुदायलाई दह्रो बनाउन लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वर्षा बानियाँले स्वागत मन्तब्य राखेकी थिइनभने बानियाँ बन्धु समाज कास्कीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर बानियाँले कार्यक्रम माथी प्रकाश पारेका थिए । कार्यक्रममा बानियाँ बन्धु समाजका संरक्षक चन्द्र प्रकाश बानियाँ, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, बानियाँ बन्धु समाजका केन्द्रीय सचिव दिपक बानिँया, केन्द्रीय सदस्य द्धय सूर्य बहादुर बानियाँ र इन्द्रमाया बानियाँ लगायतले शुभकामना मन्तब्य राखेका थिए । बानियाँ बन्धु समाज कास्कीका अध्यक्ष होम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य शंकर बानियाँले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

