पश्चिम नेपालमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं | बैशाख २, २०८०

पश्चिम नेपालमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं:   आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।


सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


आइतबार कोशी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही ठाउँमा हावा(हुरीको सम्भावना रहेको छ ।


महाशाखाका अनुसार सोमबार पनि मौसम बदली हुनेछ । सोमबार पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन सहित हल्का हुनेछ भने तराईमा हावा/हुरीको सम्भावना रहेको छ ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्