स्वास्थ्य र पर्यटनको लागि हाइकिङको ३३ औं श्रृङ्खला
पाेखरा | बैशाख ३, २०८०
पोखरा: स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार ३३ औं श्रृङ्खाला कास्कीको पर्यटकीय गाउँ मिर्सामा सम्पन्न गरेको छ ।
कास्की जिल्ला भित्र सामुदायिक होमस्टे संचालन गरेका कालाबाङ घरेडी सामुदायकि होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष वविता गुरुङ र सचिव झलश्री गुरुङ पहिलो पटक हाइकिङमा सहभागी भएका थिए । उनिहरुले पनि हाइकिङले होमस्टेको प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
हाइकिङ गर्न रुचाउने १० वर्ष देखि ६५ वर्षसम्मका विद्यार्थी, व्यवसायी, समाजसेवी, पत्रकार, वैदेशिक रोजगारबाट फर्किएका, पर्यटन व्यवसायी, शिक्षा सेवी लगाएत ३२ जनाको सहभागिता रहेको थियो ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महागरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेले हाइकिङलाई ग्रामिण पर्यटन संग जोड्न सकेमा मात्रै नेपालको पर्यटन विकास हुने वताएका छन् । हाइकिङको ३३ औं श्रृङ्खलासम्म ल्याउन पनि भिटोफको प्रत्यक्ष अप्रत्यक्ष भुमिका रहेको छ ।
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

