मस्तिष्क पक्षघात भएका बालबालिकाका अभिभावकलाई खाद्यान्न वितरण
पाेखरा | बैशाख ५, २०८०
पोखरा: युनाइटेड क्लबले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ ।
मस्तिष्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको साथी संसार नेपालमा आवद्ध रहेका २० जना अभिभावकलाई युनाइटेड क्लबले खाद्यान्न वितरण गरेको हो ।
क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा ३३ मा रहेको साथी संसार नेपालको कार्यलयमा पुगी उक्त संस्थामा आवद्ध रहेका २० जना मस्तिष्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँले अपांगता भएका व्यक्तिहरुमा पनि सबैभन्दा पछाडि परेका सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद ब्यक्त गरे ।
युनाइटेड क्लबले स्थापना कालदेखीनै सामाजिक काममा लागि रहदा १३ औं वार्षिकोत्सव सम्म आइपुग्दा सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माण गर्न गरेको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि क्लव संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
बानियाँले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकाहरुलाई लक्षित गर्दै आफ्नो वडामा समेत उनीहरुका अभिभावकहरुलाई परामर्श दिदै आइरहेको र विभिन्न संघ संस्थाको सहयोगमा सहायता सामाग्रीहरु वितरण गर्दै आइरहेको र आगामी दिनमा बालहितकारी परियोजना अन्तर्गत उनीहरुलाई लक्षित गरी डे केयर सेन्टर स्थापना गर्ने समेत बताए । त्यसैगरी साथि संसारमा आवद्ध रहेका बालवालिकाहरुलाई समेत कार्यपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
त्यस्तै साथि संसार नेपालका कार्यक्रम ब्यवस्थापक नारायण अधिकारीले १७ वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा हाल सम्म सरकारी पक्षबाट कुनैपनि सहयोग नभइरहेको र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले साथि संसार नेपालमा आवद्ध रहेका बालबालिकाहरुलाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे ।
मस्तिष्क पक्षघात भएकाहरु अपांगता भएका ब्यक्तिहरुमा पनि पछि परेको व्यक्तिहरु भएको बताउदै उनीहरुको क्षेत्रमा राज्यले केहीपनी गर्न नसक्नु दुखद पक्ष रहेको बताउदै आफुहरुले संस्था स्थापना गरी विभिन्न दाताहरुको सहयोगमा मस्तिस्कमा परेका असरका कारण बालवालिकाहरुलाई विशेष शिक्षा एवं पुनस्र्थापना केन्द्र स्थापना गरी काम गर्दै आइरहेको बताए ।
साथी संसार नेपालमा आएपछि बालबालिकाहरु कतिपय नियमित विद्यालय जान सक्ने भएको, हिडडुल गर्न सक्ने भएको वताउदै त्यस्ता बालबालिकाको घरघरमा गएर उनीहरुलाई दैनिक जीवन सहज बनाउन सीप समेत सिकाउदै आएको अधिकारीले बताए । साथी संसार नेपालमा आवद्ध ३० जना विद्यार्थीहरु विभिन्न विद्यालयमा अध्ययनरत रहेको र हालमात्रै २ जना विद्यार्थीले एसइइमा समेत सहभागीता जनाएको समेत अधिकारीले बताए ।
सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको र १३ औं वार्षिकोत्सवको अवसर पारी साथी संसार नेपाल संग जोडिने मौका पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि साथी संसार नेपालमा आवद्ध रहेका बालवालिकाहरुलाई सहयोग गर्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

