सन्दीपले रचे नयाँ इतिहास
काठमाडाैं | बैशाख ८, २०८०
काठमाडौं: नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।
एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।
सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।
सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा ...
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...

