नेपाली भाषा शिक्षक परिषद्को कार्यक्रम सम्पन्न
पाेखरा | बैशाख १७, २०८०
पोखरा: नेपाली भाषा शिक्षक परिषद्को पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यक्रम सम्पन्न भएको छ ।
‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले परिवर्तित कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकाहरूको सहभागिता र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न गरको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एवंम् शिक्षा विकास तथा समन्वय इकाई ,कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्दै नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्वि, भाषा विकास र विद्यार्थीलक्षित कार्यक्रम गरेर पु¥याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रममा आफ्नो सधैं साथ रहने प्रतिबद्वता व्यक्त गरेका थिए ।
कार्यक्रममा सल्लाहकार एवंम् संस्थापक अध्यक्ष माधवशरण उपाध्याय ,प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल ,कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राखनुका साथै किुमुदिनी होम्स मा. वि.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत दुई सयभन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागी भई लाभान्वित भएको जानकारी संस्थाका उपाध्यक्ष बिक्रम पौडेलले दिएका हुन ।
परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिएका छन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

