सुशासन भाषणमा होइन व्यवहारमा हुनुपर्छ: संसदीय दलका नेता अधिकारी

पाेखरा | बैशाख २१, २०८०

सुशासन भाषणमा होइन व्यवहारमा हुनुपर्छ: संसदीय दलका नेता अधिकारी

पोखरा:    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सुशासन भाषणमा नभएर व्यवहारमा हुनुपर्ने बताएका छन् । 


गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै उनले नेताहरु सबैतिरबाट कैद भएकाले चर्को भाषणमा नभएर व्यवहारमा सुशासन हुनुपर्ने बताएका हुन् । 


‘मेरो नेतृत्वमा सरकार हुँदा केही भिडियो टेलिभिजनमा आयो, धन्यवाद, सुशासन भाषणमा नभएर व्यवहारमा देखाउन पर्छ नेता लगायत सम्पूर्ण नागरिक सबैतीरबाट सुशासन पालनाका निम्ति कैद भएका छन् ।’ नेता अधिकारीले भने । 


उनले प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा मौखिक र लिखित रुपमा आधाआधा सरकार गर्ने भनेर सहमति गर्नु जनताको भावना विपरित भएकोसमेत बताए । 


‘प्रदेश सभामा कुनैपनि राजनीतिक दलको बहुमत छैन, संविधान अनुसार सरकार गठन पर्ने हुन्छ । म मुख्यमन्त्री हुँदै गर्दा पुरै पाँच वर्षनै मुख्यमन्त्री बन्छु भनेर आएको थिए । सम्भव भएन, उनले भने, ‘अहिले तपाईले आधाआधा कार्यकाल भनेर प्रदेश सरकारमा अस्थिरता निम्ताउन खोज्नुभएको छ ।’


नेकपा एमालेका संसदीय दलका नेता अधिकारीले प्रदेश सरकार आलोपालो गरेर अस्थिरता पक्षमा गएर त्यसको भार जनतालाई बोकाउने पक्षमा नभएको समेत दाबी गरे । 


उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भए पनि उपधारा २ मै गोलचक्कर लगाएर बसेको बताउँदै दुई÷दुई महिनामा सरकार परिवर्तन हुँदा प्रदेश सरकारप्रति जनतामा कस्तो प्रश्न उब्जिएको छ भनेर प्रश्न समेत गरेका थिए ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्