गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
पाेखरा | बैशाख २१, २०८०
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसको २७, माओवादी केन्द्रका ७ र र नेकपा एकिकृत समाजवादीका १ गरी ३५ सांसदको मत पाएका छन् ।
यस्तै नेकपा एमाले २२ सांसदले पाण्डेको विपक्षमा मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसे । ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।
वैशाख १४ गते ३५ सांसदको समर्थनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताएका छन्।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

