फरार टोपबहादुर पोखरामा ! स्वकीय जिसी पनि सम्पर्कविहीन, धुइँपत्ताल खोज्दै कास्की प्रहरी
पाेखरा | बैशाख २३, २०८०
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।
प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन भएका हुन् ।
बुटवलपछि रायमाझी कता लागे भन्ने थाहापत्तो नलागेकोबेला उनी पोखरा आसपास भएको झिनो सूचना कास्की प्रहरीे पाएको छ । सूचना पाएलगत्तै कास्की प्रहरीको टोली शुक्रबार रातभर सम्भावित स्थानमा रेकी र खोजबीनमा जुटेपनि सफल हुन सकेको छैन ।
‘हामीले पनि रायमाझी पोखरामै भएको सूचना पाएको हौं’ जिप्रका कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी भन्छन् ‘सोही अनुसार प्रहरी खटिरहेको छ ।’ केसीका अनुसार पोखरामै भएको सूचना सही वा गलत के हो भन्नेमा प्रहरी विश्वस्त हुन सकेको छैन ।
रायामाझी पोखरामै रहेको खण्डमा प्रक्राउ गरेरै छाड्ने प्रमुख केसीले बताए । ‘नागरिकलाई पनि सूचना दिएर सहयोग गर्न अपील गर्दछु’ केसीले भने ।
सुनगाभालाई प्राप्त सूचना अनुसार कास्की प्रहरीले रायामाझीको मोबाइल लोकेसनअनुसार पोखरामा रहेको आशंका गरेको हो । फरार रायामाझीको मोबाइल नम्बर हाल उनका स्वकीय सचिवले प्रयोग गरेका छन् ।
स्वकीय पोखराकै बुद्धचोक आसपासमा क्याटरिङ सञ्चालन गर्छन् । सोही आधारमा कास्की प्रहरी सक्रिय भएको हो । रायामाझी मन्त्री भएदेखि नै स्वकीयको जिम्मेवारी पाएका जिसी पनि पोखरामा नभएको पाइएको छ ।
जिसीको मोबाइल नम्बर उनकै क्याटरिङ्का स्टाफले रिसिभ गर्छन् । जिसीबारे सोध्दा आफुलाई केही थाहा नभएको र मोबाइल अफिसमै छाडेर काठमाण्डौं गएको स्टाफले बताए । उनका अनुसार तीन दिन अघिदेखि जिसी क्याटरिङ्मा गएका छैनन् ।
‘मेरो बिजनेश कल आयो भने रिसिभ गर्नु भनेर यही मोबाइल छाडेर जानु भएको छ’ स्टाफले भने ‘अर्काे नम्बर पनि होला तर मलाई थाहा छैन ।
जिसी पोखराबाट सञ्चालित फेवा टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका छन् ।
नेकपा माओवादीमै रहँदा रायामाझीलाई नजिकबाट सहयोग गर्ने केही हितैषिले भने रायामाझी पोखरा आएर लुक्न सक्ने अवस्था नभएकाले यता नभएको दाबी गर्छन् । रायामाझीका ससुरा र आफन्तजनहरु पहिलैदेखि भारततिरै भएकाले बुटवलबाट उनी भारतै पसेको हुनसक्ने उनीहरुको अनुमान छ ।
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

