गण्डकीकाे मन्त्रिपरिषद् बिस्तारमा गठबन्धन तगारो

पाेखरा | बैशाख २३, २०८०

गण्डकीकाे मन्त्रिपरिषद् बिस्तारमा गठबन्धन तगारो

पोखरा:  गण्डकीका प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अझै मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 
 

बैशाख १४ गते नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहित ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तमा भएका पाण्डेले केही दिनमै मन्त्रालयलाई पूर्णणा दिने बचन दिएपनि हालसम्म गण्डकी प्रदेशमा मन्त्रिपरिषद्को टुंगो लाग्न सकेको छैन । 

 

पाण्डे नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुकौ मुख्य कारण गठबन्धन रहेको कांग्रेसका एक सांसदको बुझाई छ । ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि मिलेमतोमा बनेको सरकार त हो, ति सांसदले भने, ‘केही दिनमै कुन दलबाट कुन मन्त्री बन्ने टुंगो लाग्ला ।’

 

मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै कांग्रेसबाट सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रबाट सुशिला सिम्खडालाई विना विभागीय मन्त्रीमा नियुक्त गरे । 

 

वैशाख १५ गते पदभार ग्रहण गरेको पाण्डेले २१ गते विश्वासको मत लिएपछि पत्रकारहरुले मन्त्रालयले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा केही दिनमा पूर्णता दिने बताएका थिए । 

तर आफु नियुक्त भएको हप्ता दिन बित्दासमेत मन्त्रिपरिषद्को टुंगो नलाग्नु दुखद पक्ष हो । 

 

तर गण्डकी प्रदेशका विनाविभागीय मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता सरस्वती तिवारी अर्यालले गठबन्धनमा आन्तरिक सहमति भइसकेको बताउदै केही दिनमा मन्त्रालयले पूर्णता पाउने सुनाइन् । ‘गण्डकीमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनभित्र आन्तरिक सहमति भएको छ, मन्त्रालयले केही दिनमा पूर्णता पाउँछ, प्रवक्ता तिवारीले भनिन् ‘राष्ट्रिय सहमतिमा सरकार बनेकाले त्यसै अनुसार नै मन्त्रालयमा भागबण्डा भएको छ ।’

 

कुन दलले कति र कुन–कुन मन्त्रालय लिने भन्ने सवालमा भागबण्डा मिलेपनि कांग्रेसलाईनै मन्त्री छान्न नै सकस परेको छ । ‘बाँकी २५ जना नै मन्त्रालय सम्हाल्न सक्षम छन् पार्टीको कुरो हो कसलाई पठाउँछ भन्न सकिदैन,’ कांग्रेसका एक सांसदले भने ।

 

पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाएका थिए ।

 

अहिलेका मुख्यमन्त्री पाण्डेले पनि ७ मन्त्रालयलाई नै कायम गर्ने प्रतिबद्धता जनाएका थिए । 

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...

थप पढ्नुहोस्

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

थप पढ्नुहोस्