सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री पोखरामा भोलि प्रर्दशन हुने
पाेखरा | जेठ ५, २०८०

पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा पोखरामा भोलि प्रर्दशनको हुने भएको छ ।
कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री प्रर्दशनको तयारी पूरा भएको सञ्चारकर्मी एवम् निर्देशक सिञ्जालीले जानकारी दिए ।
पोखरा महानगरपालिका ४ गैह्रापाटन स्थित पोखरा थिएटरमा प्रदर्शन हुने चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए ।
डकुमेन्ट्री मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...