पोखरामा हार्मोनीले गर्यो भित्तेपात्रो विमोचन
पाेखरा | जेठ १३, २०८०
पोखरा: पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ ।
पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले हार्मोनीले अहिले सम्म गरेका काम उदाहरणीय रहेको र अब आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए ।
“हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठीत भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनिय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ ।”, उनले भने ।
कुनै बेला पोखराबाट स्थापित भएका ब्याण्ड र गायक गायिकाहरुले राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै श्रेष्ठले पोखराको संगीत क्षेत्रलाई माथि उठाउन सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । हार्मोनीले अब पोखरा केन्द्रित मात्रै कार्यक्रम गर्नुभन्दा पनि अन्य शहरमा समेत कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
२०८० सालमा थप रचनात्मक सांगीतिक कार्यलाई प्रस्तुत गरि हार्मोनी अगाडि बढ्ने कुरामा आफु विश्वस्त रहेको भनाई उनको छ । उनले अब पोखराका गायकगायिकाहरु एक भएर अगाडि बढेनै पोखराको सांगीतिक क्षेत्रको श्रीवृद्धि हुने बताए । जसका लागि लेखकसँघ समेत सहयोग गर्न तयार रहेको भनाई उनको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फुर्त निस्कने नाम हार्मोनी भएको बताए । हार्मोनीका थुप्रै शुभचिन्तकहरु बजारमा धेरै हुँदै गएको भनाई उनको छ । छोटो समयमा आफुलाई गुणात्मक हिसाबले हार्मोनीले प्रस्तुत गरेको उनले बताए । बजारमा प्रतिस्पर्धा धेरै भएता पनि हार्मोनीको कामले संस्थाको गरिमालाई उचो राखेको अभिव्यक्ति उनको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए । हार्मोनीले स्थापना पश्चात अहिले सम्म जेजे कार्यक्रम गरिरहेको छ आफैमा स्तुत्य रहेको उनले बताए । उनले काम महत्वपूर्ण भएको उल्लेख गरे । हार्मोनीले नेपाली सांगीतिक फाँटमा नयाँ आयाम थपेको उनले बताए । विविधताले शहरलाई सुन्दर बनाउने हुँदा विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सबैको सल्लाहबमोजिम नै पोखराको सांगीतिक क्षेत्रलाई उचो राख्न कार्यमा हार्मोनी तत्पर रहने भनाई उनको छ । आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै संगठीत रुपमा हार्मोनी अगाडि बढ्ने उनले बताइन् ।
कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानू जोजिजूले संचालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखराका गायकगायिका देखि संगीत अनुरागीहरुको उपस्थिति थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

