बेगनास तालमा ५० लाखको मोटरबोट सर्रर...
पाेखरा | जेठ १४, २०८०
पोखराः कास्कीको बेगनास तालमा मोटरबोट सेवा सुरु भएको छ ।
बेगनासताल डुंगा व्यवसायी समितिले आन्तरिक एवं बाह्य पर्यटकलाई रोमाञ्चक अनुभूति दिन उक्त सेवा सुरु गरेको जनाएको छ ।
समितिका २ सय ६५ सदस्यले गैंडाकोटस्थित नेपाल सिप एण्ड बोट विल्डिङबाट ५० लाख रुपैयाँमा मोटरबोट खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । बोटमा क्याप्टेनसहित २० यात्रुले सयर गर्न सक्नेछन् ।
यात्रुको सुरक्षार्थ आवश्यक व्यवस्थाकासाथै बीमासमेत गरिएको समितिले जानकारी दिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

