प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान
काठमाडाैं | जेठ १९, २०८०
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत् मध्य प्रदेशकाे इन्दाेर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले इन्दाेरमा रहेकाे महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उहाँले मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दाेर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ ।
फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दाेरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
शनिवार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीवार हिजाे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्त्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिवार भाेलि स्वदेश फर्कने कार्यक्रम छ । रासस
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

