सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै
काठमाडाैं | जेठ १९, २०८०
काठमाण्डौ: लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ ।
अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ ।
सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो । अस्ति, तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।
आज फेरि भाउले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ ।
गएको १५ गते सार्वजनिक भएको बजेटमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर बढाएको थियो । बजेट अघि नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ।
यसैबीच, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

