प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न

पाेखरा | जेठ २१, २०८०

प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न

पोखरा:  प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न भएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् ।


उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे ।  सोही तौल स्पर्धामा तनहुँका सन्जन गुरुङले रजत पदक जित्दा म्याग्दीका अशिम सारु मगर र कास्कीका सत्कार प्रतेलले कास्य पदक जिते ।


४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का र स्याङजाका समिर खाँडले कास्य पदक हात पारे ।

 

५५ केजी तौलतर्फ स्याङजाका निरज राना मगरले स्वर्ण, कास्कीका दिपेश ठकुरीले रजत, कास्कीका कृष्ण थापा मगर र तनहुँका गौरव थापाले कास्य पदक जिते ।पुरुष खुल्ला तौलमा स्याङजाका सञ्जय कुमार गुप्ताले स्वर्ण, म्याग्दीका लिला बहादुर बिकले रजत, कास्कीका अर्जुन विश्वकर्मा र गोर्खाका कुमार रोक्काले कास्य पदक हात पारे ।

 

त्यस्तै महिलातर्फको खुल्ला तौलतर्फ गोर्खाकी कविता नेपालीले स्वर्ण, स्याङजाकी चिन मायाँ दर्लामीले रजत, कास्कीकी कला क्षेत्री र पर्वतकी रोजा गुरुङले कास्य पदक जितेका छन् ।महिलातर्फ नै भएको ५० केजी तौलमा कास्कीकी सरगम कुमालले फाइनल प्रतिस्पर्धामा कास्कीकै मेनुका अधिकारीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् । म्याग्दीकी सकृया पुन र नवलपुरकी आरती विकले कास्य पदक प्राप्त गर्न सफल रहेका छन्  ।



प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य खगेन्द्र क्षेत्रीलागतयले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।


दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मुख्य निर्णायकको भूमिकामा विजय आले मगर रत्न बहादुर आले, हरि बहादुर खड्का (नाराज) र कृष्ण बहादुर नेपाली रहेका थिए ।

 

प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरु गरी ६० जनाको सहभागिता रहेको थियो । 

 

 

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्