गण्डकीको नीति तथा कार्यक्रम: प्रदेशका पत्रकारलाई स्वास्थ्य बीमा
पाेखरा | जेठ २१, २०८०
पाेखरा: गण्डकी प्रदेश सरकारले प्रदेशका पत्रकारलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने नीति ल्याएको छ ।
आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘गण्डकी प्रदेश भित्रका पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ ।'
साथै ‘पत्रकार लेखनवृत्ति (फेलोसिप) कार्यक्रम’ सञ्चालन गरिनेछ । सञ्चारकर्मीको क्षमता विकासका लागि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका संघसंस्थाहरुको सहकार्यमा मागमा आधारित कार्यक्रम अघि बढाइनेछ ।’
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

