अन्तर्राष्ट्रिय संग्रहालयमा विश्व वातावरण दिवस
काठमाडाैं | जेठ २२, २०८०
अन्तर्राष्ट्रिय संग्रहालयमा विश्व वातावरण दिवसपोखरा, २२ जेठ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ ।
कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र विश्वको आयु लामो हुने उल्लेख गरेका छन् ।
वर्ड सोसाइटी पोखराका अध्यक्ष मनशान्त घिमिरेले बर्सेनी धेरै चरा लोप हँुदै गएको उल्लेख गर्दै मानव र जीवजन्तुको सहकार्यले मात्र सुन्दर संसार बन्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रुखविरुवा बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए । संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण बचाउन कुनै दिवसको आवश्यकता नपर्ने बताइन् ।
‘वातावरणको महत्व हामी सवैले बुझेका छौ’ उनले भनिन, ‘बेलाबेलामा यसको महत्वबारे सम्झाउन यस्ता दिवसको पनि आवश्यकता पर्दछ ।’ उनले संग्रहालय परिसरमा विभिन्न जातका विरुवा रोपेर वातावरण दिवस मनाइएको बताइन् ।
वातावरण दिवसको अवसरमा प्रजिअ घिमिरे लगायत सम्पूर्ण सहभागीले बृक्षारोपण गरेका थिए ।
सोही कार्यक्रममा रसियन नागरिक डायना सार्किजानवा पनि विरुवा रोपेकी थिइन् ।
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...
वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

