नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन मै ‘ए’ डिभिजन च्याम्पियन
काठमाडाैं | जेठ २४, २०८०
काठमाडौं: नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।
मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो ।
विस।स २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो ।
चर्च ब्वाइज छनोट हुँदै ‘सी’, ‘बी’ र ‘ए’ च्याम्पियन बन्ने दोस्रो क्लब बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्री स्टार अग्रत लिनबाट चुक्यो । लगत्तै १७औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोल रक्षक अरुण ब्लोनले बचाए । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
३६औँ मिनेटमा अन्जन विष्टको फ्रिकिक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै ३७औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले गरेको हेडर अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

