विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैं | जेठ २४, २०८०
काठमाण्डौ: सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषद्ले विद्युत् व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । भारत भ्रमणका क्रममा नेपालको विद्युत् बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।
यस्तै, बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र त्यस बारेको सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय पनि गरेको छ ।
यस्तै, मन्त्रीपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा त्यो वन क्षेत्रमा रहेका रुख काट्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, बैठले आउँदो २९ गतेदेखि ३२ सम्म हुने काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमण पनि स्वीकृत गरेको छ । यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

