विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं | जेठ २४, २०८०

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ:  सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

 

आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषद्ले विद्युत् व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । भारत भ्रमणका क्रममा नेपालको विद्युत् बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।

 

यस्तै, बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

 

बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र त्यस बारेको सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय पनि गरेको छ ।

 

यस्तै, मन्त्रीपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा त्यो वन क्षेत्रमा रहेका रुख काट्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।

 

त्यस्तै, बैठले आउँदो २९ गतेदेखि ३२ सम्म हुने काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमण पनि स्वीकृत गरेको छ । यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय पनि बैठकले गरेको छ । 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्